April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नगरप्रमुखद्वारा अक्सिजन प्लान्ट स्थापनाका लागि ३ वर्षको तलब उपलब्ध

2.2K

झापा- झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट स्थापना गर्न ३ वर्षको पारिश्रमिक उपलब्ध गराएका छन्।

नगरपालिकाले करिब दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। सोही प्लान्ट स्थापनाका लागि नगरप्रमुख राजेन्द्र पोखरेलले ३ बर्षको पारीश्रमिक १० लाख रुपैयाँ त्यहीँ लगानी गर्न रकमको चेक शनिवार उपप्रमुख मञ्जु दाहाल प्रसाईंलाई हस्तान्तरण गरे।

नगरपालिका कार्यालयले शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाएको छ।

Advertisement

संघ तथा प्रदेश सरकारले कोभिड संक्रमित बिरामीका लागि आइसोलेसन तथा उपचार गर्ने भनिए पनि त्यसको उचित व्यवस्थापन नभएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।