November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘जारी २’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने

860

काठमाडौं । कवि उपेन्द्र सुब्बा निर्देशित सुपरहिट फिल्म ‘जारी’ को दोस्रो शृंङ्खला ‘जारी २’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै सुब्बाले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, मिरूना मगर, माओत्से गुरूङ, ऋचा शर्मा, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरूङ, प्रेम सुब्बालगायत कलाकारहरूको अभिनय छ ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मसँगको सहकार्यमा निर्माण गरेको यो फिल्मलाई ’जारी २ः संङ अफ च्याब्रुङ’ भनिएको छ । फिल्मको निर्माता रामबाबु गुरूङ, मधु मिजार र जिवन गुरूङ हुन् ।

Advertisement