काठमाडौं । आगामी कार्यक्रम योजना निर्माणबारे हेम-सरिता पाठक फाउन्डेसनले सांगीतिक कार्यक्रमसहित पुरस्कार अर्पण गर्ने भएको छ ।
फाउन्डेसनकाअनुसार वैशाख २० गते हुने कार्यक्रममा वरिष्ठ संगीतकारहरू प्रेमराजा महत, नारायण रायमाझी, शिशिर योगी, कुन्ती मोक्तान, कृष्ण कँडेल, बीबी अनुरागी, नवीन पौडेल लगायतको सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
फाउन्डेसनले विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धका गीतहरुको कार्यक्रम आयोजना गर्ने, भ्रष्टाचार विरुद्धको कवितामा चित्रकलाको कार्यशाला र प्रदर्शनी गर्ने, भ्रष्टाचार विरुद्धको विचार गोष्ठीको आयोजना गर्ने, तेह्रथुमको गरीब जेहन्दार विद्यार्थीको लागि वार्षिक २ लाखको व्यवस्था गर्ने जस्ता निर्णयहरु गरेको छ ।
साथै फाउन्डेसनको अन्तर्राष्ट्रिय समिति र नेपाल शाखाको पुनर्गठन पनि गरेको छ ।
फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा मिनुर श्रेष्ठ, बोनस खनाल र सोनी पाठक, महासचिवमा राधेश्याम लेकाली, कोषाध्यक्षमा विष्णु भेटवाल र सदस्यहरुमा आयाम पौडेल (अस्ट्रेलिया), दिनेश शर्मा (अमेरिका), र विन्धा सिटौला (अस्ट्रेलिया) रहेका छन् ।
यसैगरी फाउन्डेसनको नेपाल शाखाको अध्यक्षमा श्रीमान् कार्की, उपाध्यक्षमा दिपक राई, महासचिवमा हितमान तामाङ, सचिवमा समिष्टा प्रसाईं र कोषाध्यक्षमा कमला पाठक चयन भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा क्रमशः आकाश अधिकारी, कमल रिजाल, तुरुप संग्रौला, दिवश रिजाल, प्रकाश भेटवाल, ज्ञानदेव थापा, युवराज थापा, सुमन पौडेल , सुवास उप्रेती र श्री पंकज भट्टराई चयन भएका छन् ।
फाउन्डेसनले एक लाख राशिको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१”, एक लाखको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१” र दुई लाख राशिको “टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८१” आगामी २०८२ बैशाख २० गते अर्पण गर्ने भएको छ ।
प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्ला तथा माझी समुदायका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।