काठमाडौं । याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ दुबईमा प्रदर्शन हुने भएको छ । आउने मार्च ३० मा स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुन लागेको हो ।
नेपाल राष्ट्रिय चलचित्र पुरस्कर– २०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड पाउन सफल यस फिल्म स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
लोकेन साँवाको निर्देशन रहेको यस चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।
पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को छ भने छायाँङकन युवराज राई ‘वीरवहादुर’ को रहेको छ । यो चलचित्र मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहेका छन् ।