लन्डन । सुनगाभा इन्टरटेन्मेनटको प्रस्तुतिमा गायिका पारु राईले तिम्रो सम्झना बोलको म्युजिक भिडियो बाहिर ल्याएको छ।
आइतबार अल्डर्शटको दि लाउण्ज रेस्टुरेण्टस्थित वरिष्ठ गायक संगीतकार तथा निर्देशक यसकुमारको प्रमुख आथित्यमा यस गीतको प्रिमियर शो सम्पन्न भएको थियो। उक्त कार्यक्रममा चर्चित हास्य कलाकार विल्सन विक्रम राईको पनि उपस्थिति रहेको थियो।
उक्त गीतमा गायक यस कुमारले शब्द र सगींत दिएका छन् भने स्वर साथै भिडियो निर्देशन पारु राईको रहेको छ।
विपना गुरुङ साथै सन टि मगरको अभिनय र नन्द पुनको सिनेमाटोग्राफ रहेको यस म्युजिक भिडियोले एक सिपाही देशको सिन्दुर पहिरिएर युद्धमा आफ्नो जीवन बलिदान गर्नुपरेको दर्दनाक घटना र उनको प्रियसीको सम्झनाको बारेमा प्रष्ट रुपमा उतारिएको छ। आफ्नै छरछिमेक सर्कल मै घटिरहेका तर नदेखाएका, नऔंल्याएका घटनाहरुलाई निकट अनि गहन तरिकाले अध्ययन गरेर यस म्युजिक भिडियोको कन्सेप्ट तयार परेको कुरामा गायिका दाबी गर्छन्।
गायिका आफू स्वयम् पनि मिलिटरी वाईफ भएको कारण यस्तो कुरा जुन आफ्नो परिवारका सदस्य युद्धमा जाँदा र ज्यान गुमाउनु पर्दा परिवारमा पर्न जाने जुन पिडा र चोटहरु, समाज स्रोता दर्शकमासामु पुग्नुपर्छ, देखिनु पर्छ भन्ने सोच राख्छिन्।
यस भिडियोको बारेमा बोल्दै यस गीतका शब्द संगीतकार गायक यसकुमारले भिडियो हेरिसकेर आफू अत्यन्तै भावुक भएको बताए ।
हास्यकलाकार विल्सन बिक्रम राई लगायत भुपु गोर्खा मेजर ईन्द्र ब. राई, आकाश सुनुवारले पनि यस गीतका बारेमा तारिफ गरेका थिए।
करिब १ दशक भन्दा अघिबाटै औपचारिक रुपले संगीतमा प्रवेश गरेकी गायिकाको युकेबाट निर्माण भएको यो तेस्रो गीत हो। बिगत १ बर्ष अघिबाट सुनगाभा ईन्टरटेन्मेन्टमा प्रमुख कार्यक्रम सन्चालकको रुपमा काम गर्दै आएकी गायिका पारुले सुनगाभा ईन्टरटेन्मेन्ट मै काम गर्ने शिलसिलामा कतिपय निर्देशनको पक्षहरु सिक्ने अवसर पाएकोले यस गीत निर्देशन गर्न साहश जुटाएको कुरा बताईन।
यस म्युजिक भिडियो निर्माणको क्रममा निक्कै मिहिनेत गरेको हुँदा स्रोता दर्शकले मन पराइदिनेमा आफू आशावादी रहेको गायिका पारुले बताइन् । स-साना कुराहरुलाई अध्ययन गरेर त्यसलाई विषयवस्तु बनाउँदै भावी दिनहरुमा पनि यस्तोखालका क्रिएशनहरु निरन्तर गरिरहने कुरा पारु बताउँछन्।