March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

अमेरिकामा खुलेकी सुहाना [फोटोफिचर]

7.7K

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो ।

Image may contain: 1 person, standing and outdoor

आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् ।  ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित गरेपछि उनलाई बाहिरी ब्यानरबाट फिल्म प्रस्तावको ओइरो लागेको छ । तर, उनका पिता (सुनिल कुमार थापा) ले अध्ययनको कारण देखाउँदै छोरीलाई बाहिरी ब्यानरको फिल्म गर्न दिएका छैनन् ।

Image may contain: 1 person, standing and outdoor

केही समय अगाडि अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ पनि सुहानालाई अफर गरिएको थियो । फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि सुहाना अमेरिकामा अध्ययन गरिरहेकी थिइन् ।

Advertisement

Image may contain: 1 person, standing, tree, sky, shoes and outdoor

उनको अध्ययन अझै पूरा भएको छैन । यही शिलशिलामा उनी गएको हप्ता माता र पितासँग अमेरिका उडेकी थिइन् । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुने जानकारी प्राप्त छ । फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन २ महिनाका लागि स्थगन गरेर थापा परिवार अमेरिका प्रस्थान गएका हुन् ।

Image may contain: one or more people, people standing and outdoor

यसबीच, झरना थापाले छोरीको अमेरिका घुमघामका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विरमा सुहानाको सुन्दरता निकै खुलेको छ । दोस्रो पटक ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गरेकी उनले फिल्ममा कलेज लाइफमा मापसे र गुण्डागर्दी गर्ने विद्यार्थीको भूमिका निभाएको बुझिएको छ । फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् ।

Image may contain: 3 people, people standing, sky and outdoor