बलिउड अभिनेता अक्षय कुमार सफल चलिचित्रका साथै राम्रो कमाइ गर्न सफल भएका छन् ।
जसका कारण उनको नाम पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएको छ ।
फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् ।
फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८.५ मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् । अघिल्लो बर्ष अक्षय यो सूचीमा ५१ औं स्थानमा थिए ।
फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् ।