March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

जसलाई चुनौती दिन सक्ने अर्को जन्मेन !

3.5K

काठमाडौं । स्वर साम्राज्ञी, सुमुधुर स्वरकी धनी तथा कोइलीको उपमा पाएकी  भारतीय गायिका लता मंगेशकर महाराष्ट्रमा थिएटर कम्पनी चलाउँने त्यस समयको प्रख्यात कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी हुन्  । ९१ बर्ष अघि उनको जन्म २८ सेप्टेम्बर १९२९ मा इन्दौरमा भएको थियो । 

मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको पर्दामा ठूला अभिनेत्रीलाई लता मंगेशकरले आफ्नो आवाज दिएकी छन्। ३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् ।  भजन, गजल, कव्वाली शास्त्रीय संगीत वा साझा फिल्म गीतहरू लताले सबैलाई समान महारतको साथ गाइन्। लता मंगेशकरका फ्यान लाखौंमा होइन करोडमा छन् ।

भारत छोड आन्दोलन चरम उत्कर्षमा पुगेको बेला १९४२ मा उनका बुबाले १३ वर्षकी लातालाई छोडेर संसारबाट विदा भए ।  जसलाई परिवारको सम्पूर्ण खर्च आफ्नो काँधमा उठाउने  जिम्मेवारी आयो ।  

Advertisement