November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चलचित्र ‘थेत्लङ’ युट्युबमा सार्वजनिक

2.8K

काठमाडौं । लिम्बु (याक्थुङ) भाषाको चलचित्र ‘थेत्लङ’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र ओपेरा इन्टरटाइन्मेन्ट नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अधुरो प्रेम काहानी रहेको यस चलचित्रको कथा देउमान होन्दोक लिम्बुले लेखा हुन ।

यस चलचित्रका निर्माता मनि ताम्लिङ लिम्बु हुन् । जसलाई किशोर सुब्बाले निर्देशन गरेका हुन् भने पटकथा सागर केरुङको रहेको छ ।

Advertisement

चलचित्रमा बिशाल सेनेहाङ, दिब्या लिम्बु, सागर केरुङ, सरन सावादेन, सुकवीर चोडलगायतको अभिनय छ ।

यस्तै, मनि ताम्लिङ, राम दुःखी आङ्देम्बे, यादन सेर्मा, मनु नेम्बाङ लगायतको स्वर रहेको छ ।

सिक्किमको हीमा गाँउ, युमाङ थेगु, हि–माङ्हीमलगायत ठाउँहरुमा छायाङ्कन गरिएको यस चलचित्रलाई गान्तोक मनन केन्द्र हलमा प्रिमियर शो गरिएको थियो । चलचित्र सिक्किम, नेपाल, हङकङ, कोरिया, युएइ, अमेरीका, यूकेलगायत विभिन्न देशमा प्रदर्शन भएको थियो ।