March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

सरिता राई आङ्बुहाङको ‘फालेलुङ डाँडा’ दर्शकमाझ

1.1K

काठमाडौं । सरिता राई आङ्बुहाङको नयाँ गीत ‘फालेलुङ डाँडा’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ‘ताप्लेजुङ मिडिया हाउस’ युट्युब च्यानलबाट दर्शकमाझ ल्याएको हो ।

आङ्बुहाङको ‘फालेलुङ डाँडा’ शब्दमा संगीत साजन राई, स्वर परेश राई र हिमाली लिम्बुले भरेका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन अशोक राईले गरेका हुन् भने मिक्सिङ शन्भु टन्डुकारले गरेका हुन् ।

गीतकार तथा गायिका आङ्बुहाङका शब्द तथा स्वरसहित यसअघि ‘यासोक बजारमा’, ‘हङकङ सिंगापुर’, ‘साइला लग्यौ मन’, ‘बिर्सियौ कि तिमीले मलाई’, ‘धनकुटाको डाँडैडाँडा’, ‘ढाका टोपी लाएर’, ‘तायाचुङमा’, ‘तिरसाली मेला’, ‘ढिँडो पाक्यो फापरैको’, ‘माघेनी मेला’, ‘नजरैले यो मन रेटियो’ लगायत चर्चित गीतहरू सार्वजनिक छन् । सुरेश अधिकारी, शान्तिराम राई, लक्ष्मण लिम्बु, साजन राईलगायतका संगीतकारहरुसँग सहकार्य गरेकी उनको गीतमा राजेश पायल राई, सुनिता थेगिम, अन्नु चौधरी जस्ता चर्चित गायकहरुले स्वर दिएका छन् ।

Advertisement

समिर आङ्बुहाङको निर्माण रहेको ‘फालेलुङ डाँडा’ भिडियोमा अभिनेत्री बिमला खजुम र पूर्ण साँवा लिम्बुको मुख्य अभिनय छ । यसअघिका गीतका भिडियोहरू पनि समिरकै निर्माणमा बनेका हुन् ।