November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाःलाम ‘सुर्केपुङ्’ सर्वजानिक

2.5K

काठमाडौं । लिम्बु संस्कृतिमा आधारित ‘सुर्केपुङ’ पाःलाम सर्वजानिक भएको छ । गोमा योङ्हाङ र बिवश नेम्बाङको स्वर रहेको ‘सुर्केपुङ्’को भिडियो सार्वजनिक भएको हो !

यो गोमाको तेस्रो पाःलाम हो । सागर केरुङको शब्द रहेका यस पाःलाममा निरन्ता नेम्बाङ र मनि ताम्लिङ लिम्बुको पनि समुह स्वर रहेको छ !

पाःलामको भिडियो निर्देशन तथा पटकथा मनि ताम्लिङ लिम्बुको रहेको छ भने बिशाल सेनेहाङ र गायीका योङ्हाङकै अभिनय रहेको छ । यस्तै, कमल दिप तिगेला, छत्र तिगेला लिम्बु , भुपाल चेम्जोङ (खाम्बेक लुङ), केजी सुब्बा, चन्द्र सिङ नेम्बाङ, मिना लिम्बु, मनकला लिम्बु, नुमा चोङ्बाङ लिम्बु, रबिना पाक्साङ्वा लिम्बु, नुमा अनुसा लिम्बु लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ ।

Advertisement

योङहाङको पहिलो पाःलाम ‘लाजे सिङ्बुङ’, दोस्रो ‘साम्याङ अ्लेङ’ हुन् ।

धनकुटा जिल्लाको हिले त्रिसुलीमा छायांकन गरीएको यस भिडियोको सिनेमाटोग्राफर हेमन तामाङ हुने भने कलर ग्रेडिङ प्रबिन ढकालले गरेका हुन् ।

पाःलामलाई ओपेरा इन्टरटेन्मेन्ट नेपाल चेनलबाट सर्वजानिक गरीएको हो ।