July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

नेपाल पूर्व प्रहरी कलाकार संघको वार्षिकोत्सब सम्पन्न

290

काठमाडौं । नेपाल पूर्व प्रहरी कलाकार संघको वार्षिकोत्सब सम्पन्न भएको छ । संघले गुरु पूर्णिमाको अवसरमा आफ्नो प्रथम वार्षिकोत्सब सम्पन्न गरेको हो ।

नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौमा सम्पन्न कार्यक्रममा वरिष्ठ सर्जकहरूलाई सम्मान गरिएको थियो । जसमा चेतन कार्की गीति वाङ्मय सम्मान पुरस्कारबाट गीतकार रमण घिमिरे, गोपाल योञ्जन सङ्गीत साधना पुरस्कारबाट सङ्गीतकार प्रकाश गुरुङ, नृत्य साधना सम्मान पुरस्कारबाट नृत्यकार एवं कोरियोग्राफर वसन्त श्रेष्ठ र राजपाल थापा ध्रुब हाडाको हाडा एण्ड पाल हाँस्य सम्मानबाट हाँस्य अभिनेत्री वसुन्धरा भुषाल सम्मानित भएका थिए ।

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका आइजिपी दिपक थापा, वरिष्ठ कलाकारहरू हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, भुवनचन्द थापा, चैत देवी, गौरी मल्ल र पूर्व आइजिपी मोतीलाल बोहरा लगायतले संयुक्त रूपमा प्रदान गरेका थिए ।

Advertisement

कार्यक्रममा संघका सल्लाहकार चर्चित कलाकार मिथिला शर्मा बोहराले गुरु दक्षिणा स्वरूप स्थापित सम्मानको बारेमा र आफ्ना गुरुहरूका बारे आफ्नो मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि आइजिपी दिपक थापाले प्रहरी कलाकारले गरेको यो गुरुभक्ति र सम्मानको प्रशंसायोग्य रहेको बताए । उनले संस्थालाई प्रहरी संगठन र आफ्नो निजी वचतबाट कोषको लागि रकम प्रदान गर्ने प्रतिबद्धता पनि प्रकट गरे ।

सोही कार्यक्रममा सम्मानितका तर्फबाट वरिष्ठ कलाकार वसुन्धरा भुषालले मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा विभिन्न गीत, नाच, कमेडी प्रहसन प्रस्तुत गरिएको थियो ।