काठमाडौं । लिम्बू भाषाको म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो धिमालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा यासेली योङ्हाङ र असित थेगिम शब्द रहेको यस गीतमा उत्तम जंग लावतीको संगीत रहेको छ ।
मेचु धिमालकै निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा सागर केरुङ, मेचु धिमाल, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योती लिम्बु र मनु पाहिमलगायतको अभिनय छ ।
भइसअफ नेपाल सिजन – २ का सेमीफाइनलिस्ट मेचु धिमालले धिमाल भाषाका गीतहरु दर्जनौं गाएकी छिन् भने लिम्बू चलचित्र ‘रीत’ पनि स्वर दिएकी छिन् । ‘सथिक मेबोक्से’ बोलको लिम्बू भाषाको गीत गाएकी मेचुको ‘आदाङ्बे सेवारो’ तेस्रो लिम्बू गीत हो ।
लिम्बू भाषा र धिमाल भाषाका अलावा दुई सयभन्दा धेरै गीतहरू गाएकी छिन् । डेढ दशक लामो संगीत यात्रा गरेकी मेचुले धेरै सांगीतिक मञ्चहरुमा प्रस्तुत गर्दै आएकी छिन् ।




