मोरङ । लिम्बु कथानक चलचित्र ‘युक्पुङ’ पाटीगाउँमा प्रदर्शन हुने भएको छ। चैत्र-८ गते शुक्रबार पाटीगाउँमा उक्त चलचित्रको विशेष च्यारिटी- शो गरिने आयोजकले जनाएको छ ।
याक्थुङ कथावस्तुमा आधारित चलचित्र ‘युक्पुङ’को अर्थ ‘बस्ती’ हुन्छ । यस चलचित्रमा प्रदेश नं.१ का विभिन्न पूर्वी पहाडी जिल्लाहरुमा छायांकन गरिएको छ । फिल्ममा लिम्बू गाउँका परम्परागत सस्कृति, रहनसहन लगायतका घटनाहरुलाई मुख्य विषयवस्तु बनाएर चलचित्रमा उतारिएको छ।
‘युक्पुङ’ देशभरका विभिन्न सहरहरू तथा हङकङ लगायतका देशहरुमा च्यारिटि- शो गरी सम्पन्न भएको छ। दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आएको गायक तथा कलाकार डीबी लिम्बूले जानकारी दिए।
नर कुमारी वनेम ‘सेन्दाङ’ र स्व: भिमा पाङमा ‘सिङयेम’को निर्माण तथा बिषणु मोक्तन र मदन वनेमको रहेको कथा/पटकथा रहेको यस चलचित्रलाई दिनेश माङमुले निर्देशन गरेका छन्।
‘चलचित्र राम्रो विषयवस्तुमा बनेको कारण दर्शकहरु निरास हुनेछैनन भने कुरामा हामी ढुक्क छौ’, निर्माण पक्षको दाबी छ।
युक्पुङ चलचित्रमा विशेष कलाकारहरू कविता आले, यासेली योङहाङ, कुशल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, देउमान प्रताप पालुङ्वा,पुष्पा वनेम, तेज आङ्बुहाङ, बिनु तुम्बाहाङ्फे, हिमाल लेछर्बो र डीबी लिम्बुको अभिनय रहेको छ।
बाल कलाकार मिराक वनेम, सुलभ नेम्बाङकोसमेत अभिनय देख्न सकिन्छ।
यस चलचित्रको च्यारिटि-शो सम्पन गर्न केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँका तीन संस्था किरात साम्यो नालिङ्वा पाङ्फे पान्जुम्भो, पाटीगाँउ मोरङ, प्रयास युवा क्लव पाटीगाउँ मोरङ, कानुङ लाफा समाज पाटीगाउँ, मोरङ संचालकका रुपमा रहेका छन् ।