काठमाडौं । शंकर घिमिरे निर्देशित चलचित्र ‘तेल भिसा’ रिलिज भएको छ।
नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथामा आधारित ‘तेल भिसा’मा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङको मुख्य अभिनय रहेको छ भने ऋचा शर्मा र फ्रान्सेस शेरमन,ज्याक बेल, सुचित्रा उप्रेती लगायतको पनि भूमिका रहेको छ ।
अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
यसमा विपिन बृद्ध र जवान गरी दुइ फरक चरित्र (डबल रोल) भूमिकामा छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।