July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

राजु लामा र अस्मिता अधिकारीको ‘देश निमार्णको संकल्प’

२०८१ कार्तिक १३

1.3K

काठमाडौं । गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाज समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक भएको छ ।

गीतकार प्रमिला बस्नेतको शब्द, धनु ज्ञाङ्गीको संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ ।

मेगराज मगरातीको क्यामेरा, सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो ।

Advertisement

गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गरेकी छन् ।