March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुँदै

1.8K

काठमाडौं । सागर केरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । चलचित्र ‘चे’ आगामी असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग मुभिजमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शनको लागि समाजसेवी सलमान थलङको संयोजकत्वमा आयोजक समिति गठन भएको छ । यस्तै, अर्थ संयोजकमा चलचित्रकर्मी इन्द्र शेर्पा र सदस्यहरुमा मनु थक्लुङ, नितुरानी नेम्बाङ, पूर्ण सेलिङ, रत्ना लिङदेन लावती, इन्दू फोम्बो, बिमला इवारम, निशा तुम्वापो, कुमारी फियाक र जुनु माङलाक रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा विमला खजुम, सागर केरुङ, यासेली योङहाङ, निशम तुम्बापो रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, पदमकुमारी फियक, प्रतिमा, कर्णहाङ सुब्बा, प्रनृश थेबे, संगीत आङ्खेवा, अभिशेख केरुङ, राजु घिमिरे, यलम्बर खम्बु, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम केरुङ लगायतको अभिनय रहेको छ ।

Advertisement