April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतमा हुने

1.9K

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतमा हुने भएको छ । गोर्खा सैनिकको वीरतामाथि बनेको फिल्म यश फिल्म भदौ २४ गते सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुन लागेको हो ।

निर्माण पक्षका अनुसार यस फिल्ममा बेलायती सेनाका गोर्खा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ ।

चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशित यश चलचित्रलाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ ।

Advertisement

यश चलचित्रमा विजय लामा, कविता आले, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, बिरूप घले, सारा राईको अभिनय रहेको छ ।

सुदिप बरालको छाँयाकन रहेको यश फिल्मको कथा निर्देशक चाम्स र मिलन श्रेष्ठले सम्पादन गरेको छ ।

प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रेटीसम्मलाई निम्तो दिइएको बताइएको छ ।