काठमाडौँ – बेलायत सरकारले नेपाललाई २० लाखभन्दा बढी डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ । नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारले नेपाल सरकारलाई २० लाखभन्दा बढी खोपको डोज फागुनभित्र नेपाल पुग्ने गरी सहयोग गर्ने बताईन ।
उनले कोभ्यासकलाई बेलायतले करीव साढे सात खरब रकम सहयोग गर्न लागेकोले त्यसबाट नेपाललाई पनि खोप सहयोग हुने र आगामी महिनामा उक्त खोप नेपाल पुग्ने भएकाले आफु निकै हर्षित भएको बताएकी छन् ।
राजदूत पोलिटले बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग भेटेर खोप सहयोगको प्रक्रिया अघि बढेको जानकारी दिएकी थिईन ।