April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बेलायतमा राजु लामाको साथमा १६औं नेपाली ओपन कन्सर्ट हुँदै

1.3K

लन्डन । बेलायतमा ‘राजु लामा, सिक्का ब्यान्ड लाईभ म्यूजिक कन्सर्ट’ आयोजना हुने भएको छ । मगर संघ यूकेको आयोजनामा १६ औं नेपाली ओपन कन्सर्टको आयोजना हुने भएको हो ।

कार्यक्रम आगामी १५ जुनका दिन स्थानीय समयअनुसार दिनको १ बजेदेखि साँझ १० बजेसम्म केन्ट इभेन्ट सेन्टर, केन्ट शोग्राउन्ड मा संचालन हुनेछ ।

संघले जातिय घेरा भन्दा माथि उठेर काम गर्दै आएको संघकी सांस्कृतिक तेन्याङ सरु गुरुङ रानाले बताइन्।
संघले ‘म्यूजिक फॉर युनिटी’ नाराका साथ सबै जातजाति, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै नेपाली कला,गला,नेपाली भाषा र संस्कृतिको लागि कम गर्दै आइरहेको उल्लेख गर्दै यसैको निरन्तरता स्वरूप यश कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

Advertisement

उनले कन्सर्टलाई साझा सम्झेर हौसलासहित साथ र सहयोग गर्न अपिलसमेत गरेकी छिन् ।