May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

तीन हजार माइल पैदल यात्रामा निस्किए बेलायतवासी व्यवसायी तथा समाजसेवी सुजन कटुवाल

860

लन्डन । बेलायतका व्यवसायी तथा समाजसेवी सुजन कटुवाल च्यारिटी उद्देश्यसहित ३ हजार माइल पैदल यात्रामा निस्किएका छन् । साउथ लन्डनस्थित पानस रेष्टुरेन्टका सञ्चालक कटुवालले आज १६ जनवरी मंगलबार लन्डनस्थित नेपाली दूतावासबाट आफ्नो पैदल यात्रा सुरु गरेका हुन् ।

कटुवालले लन्डनका प्रत्येक ३२ बरोमा उक्त यात्रा गर्ने छन् । बेलायतमा दर्ता भएको परोपकारी संस्था कम्ब्याट स्ट्रेसको सहयोगार्थ उनले यात्रा गर्न लागेका हुन् । कम्ब्याट स्ट्रेसले ब्रिटिश सैनिक भेट्रानहरुलाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछ ।

पैदल यात्रा शुरु गर्नु अघि कटुवाललाई राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी वरिष्ठ अभिनेत्री जोआना लुम्लीले शुभकामना दिएका थिए ।

Advertisement