April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बेलायत पढ्न आएको चार दिनमै निधन भएकी गुरुङको परिवारलाई आर्थिक सहयोग

1.5K

लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्व. कमला गुरुङको परिवारलाई तमु समाज यूकेले २ हजार ५ सय ५ पाउण्ड आर्थिक सहयोग गरेको छ । लन्डन बारहम पार्कस्थित तमु समाज यूके भवनमा एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम समाजका अध्यक्ष शिव कुमार गुरुङले कमलाका श्रीमान निरज गुरुङलाई हस्तान्तरण गरेका हुन् । बेलायत आगमनको छोटो समयमै पत्नी वियोगको अत्यन्तै कठिन पीडा सामना गरिरहेका निरज गुरुङको परिवारलाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने हेतुले समाजले आफ्ना सदस्यहरु लगायत शुभचिन्तकबाट आर्थिक संकलन गरेको थियो । स्काई कम्पनी लन्डनमा कार्यरत नेपालीबाट पनि सहयोग प्राप्त भएको थियो ।

कोल्मा बहाकोट समाज यूकेको तर्फबाट अध्यक्ष चन्द्र गुरुङले स्व. गुरुङको परिवारलाई आर्थिक सहयोगका निम्ति आग्रह गरेपछि समाजले चन्दा संकलन शुरु गरेको थियो । ।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ लगायत स्वर्गीय कमलाका आफन्तजन र तमु समाज यूके पदाधिकारीको उपस्थिति थियो ।