April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा विक्रम भट्टराई

1.8K

लन्डन । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा विक्रम भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न सेन्टरको अधिवेशनले भट्टराईको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  

स्थापनाकालदेखि नै सक्रिय रहेका भट्टराईले यसअघि सेन्टरको उपाध्यक्ष, महासचिवसहितका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

दुई वर्षे कार्यकाल रहने गरि निर्वाचित सेन्टरको कार्यसमितिको उपाध्यक्षमा हरि भट्टराई, महासचिवमा सुष्मा कुमारी गुरुङ, कोषाध्यक्षमा निरज तिवारी र सहकोषाध्यक्षमा किशोर गुरुङ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मन्दिप शर्मा, अजय थापा, चन्द्र सुन्दास, अनिताकुमारी गुरुङ, खिला कुमारी सुनुवार र अनुराधा सहानी चयन भएका छन्।

Advertisement

यसअघि सेन्टरको अध्यक्ष बाचस्पति रेग्मी रहेका थिए । उनकै अध्यक्षतामा सम्पन्न अधिवेशनमा पछिल्लो दुई वर्षे कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो।  

अल्डरसट क्षेत्रमा मन्दिर एवम् सामुदायिक केन्द्र सञ्चालनको सोचसहित स्थानीय नेपाली र भारतीय समुदायको सहकार्यमा सन् २००७ मा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर स्थापना भएको थियो । सेन्टरले केही वर्षअघि तीन लाख पाउण्डमा मन्दिर भवन खरिद गरी सोही भवनलाई मन्दिरको आकारमा पुननिर्माण गरेपछि त्यसयता नियमित पूजाआजा तथा धार्मिक गतिविधिहरू हुँदै आएका छन्।