April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा फाइजर खोप लगाउने पहिलो व्यक्ति बनिन् ९० वर्षीया महिला

5.7K

एजेन्सी–बेलायतमा कोरोना खोप फाइजर लगाउने पहिलो व्यक्ति उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकी छन्। परीक्षणभन्दा बाहिरका व्यक्तिमा खोप पाउने उनी पहिलो भएको बिबिसीले जनाएको छ।

यससँगै बेलायतमा सर्वसाधारणका लागि कोरोना भाइरसविरुद्धको खोप जनस्तरमा लगाउन सुरु भएको छ। इनिस्किलिनकी मार्गरेट किनानले युनिभर्सिटी अस्पताल कोभेन्ट्रीमा खोप लगाएपछि आफू अत्यन्तै विशेषाधिकार प्राप्त व्यक्ति झै भएको अनुभूति सुनाइन्। 

बेलायतमा पहिलो चरणमा ८० वर्षभन्दा माथिका नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना बनाइएको छ। 

Advertisement