April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

इपीएसका लागि १ लाख ४३ हजार भन्दा बढी आवेदन

1.2K

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनबाट पनि दिन सकिने गति पुस २ गतेदेखि इपीएसको लागि फारम खुला भएको थियो । अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो। यसपालि अहिलेसम्मकै बढी आवेदन परेको जनाइएको छ ।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने इपीएस शाखाले जनाएको छ ।

Advertisement