काठमाडौं । समाजवादी इन्जिनियरिङ् एसोसियसन नेपाल ( सीन ) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलाले इन्जिनियर विरोध रिजालको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ।
जकमिटीको उपाध्यक्षमा डी बि बूढा, महासचिवमा डा समित थापा, सचिवमा पवन झा, ओम प्रकाश सापकोटा तथा लक्ष्मी कुमार महतो र कोषाध्यक्षमाआशिष थपलिया रहेका छन् ।
शनिबार काठमाडौंमा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव तथा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, अर्का उपमहासचिव तथा मोर्चा संगठन प्रमुख डा. विजय पौडेल साथै पेशागत महासंघ अध्यक्ष प्रेमल कुमार खनालले शुभकामना मन्तव्य राखेका थिए ।
देशभरका इन्जिनियरिङ पेशाकर्मीहरुको सहभागिताबाट नयाँ नेतृत्व चयन हुनुका साथै राष्ट्रिय सम्मेलनमा सीनको विधान २०७८ को केही धाराहरू संसोधन भई पारित भएका छन् । विधानको नयाँ प्रावधान अनुसार सङ्गठनलाई चुस्त र छरितो बनाउने काम भएको छ ।
अधिवेशनले १३ सदस्यीय केन्द्रिय सचिवालय तथा सात पदाधिकारीको समेत चयन भएको छ ।