April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रिटर्नी नेपाली युनिटी फोरम  गठन 

1.9K

काठमाण्डौ । विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको  एक सय एक सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ति नेपाली एकता मञ्च ( रिटर्नी नेपाली युनिटी फोरम )  गठन भएको हो  ।

मंगलबार काठमाण्डौमा भएको  भेलाले समितिको सह संयोजकमा पेम साङबो शेर्पा  र सचिवमा दिपेश सिंजाली मगर रहेका छन् । 

नेकपा एकीकृत समाजवादीका प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूलाई एकीकृत गर्ने समेत निर्णय गरियो ।

Advertisement