January 25, 2026, Sunday
२०८२ माघ १२
1:37:26 pm

कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

415

भक्तपुर । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहार रहेका छन् ।

mostbet

उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको वटा हतियार र एउटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरणको खुलेको थियो। उनलाई नियन्त्रणमा लिएपछि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाएर राखेको खुलेको हो ।