काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको छ ।
झन्डै चार वर्षदेखिजारी युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा सम्पन्न त्रिपक्षीय बैठकले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउन सफल भएको हो ।
यससँगै दुवै राष्ट्र आगामी फेब्रुअरी १ तारिखमा दोस्रो चरणको वार्ताका लागि पुनः भेला हुन सहमत भएका छन् ।
वार्ताअघि अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विट्कोफले मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब चार घण्टा लामो छलफल गरी शान्ति योजनाका बुँदाहरूमा केन्द्रित रहेर मार्गप्रशस्त गरेका थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यस संवादलाई रचनात्मक भन्दै युद्ध अन्त्यका लागि महत्त्वपूर्ण छलफल भएको बताएका छन्।