January 25, 2026, Sunday
२०८२ माघ १२
1:37:26 pm

डकुमेन्ट्री ‘मुक्कुमलुङहरू’ प्रर्दशन हुँदै

790

काठमामडौं । रबिनकुमार नाल्बो र जीवनकुमार सेर्माको निर्माणमा बनेको डकुमेन्ट्री ‘मुक्कुमलुङहरू’ प्रर्दशन गरिने भएको छ । डकुमेन्ट्री सोमबार थापागाउँस्थित मण्डला थिएटरमा प्रदर्शन गर्न लागिएको हो ।

यस डकुमेन्ट्रीलाई भानु बोखिमले निर्देशन गरेका छन् भने सहयोगी निर्देशनका रुपमा मच्छेदेवी गुरुङ रहेका छन् ।

mostbet

यस डकुमेन्ट्रीमा ताप्लेजुङस्थित मुक्कुमलुङमा राज्यद्धारा भएको अतिक्रमणलाई देखाइएको निर्माता नाल्बोले बताए । ‘मुक्कुम्लुङ हामी याक्थुङहरुको थात्थलो हो, विकासको नाममा त्यहाँ आक्रमण गरिँदै आएको छ । यसको संरक्षण गरिनुपर्छ’, उनले भने, ‘त्यसरी विकासको नाममा त्यसरी विनास गर्दा प्रकृतिलाई पनि असर पर्न जान्छ । यही कुरालाई डकुमेन्ट्रमा देखाइएको छ ।’

Advertisement

नाल्बोकाअनुसार यो पहिलो प्रर्दशन हो । यसपछि विभिन्न देशमा पनि प्रदर्शन गरिने छ । जसअनुसार माघ २५ गते हङ्कङमा प्रर्दशन हुनेछ ।