July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

नक्कली डाक्टर पक्राउ

870

काठमाडौं । डोटीबाट नक्कली डाक्टर परेका छन् । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री हुन् भने उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीया हुन् ।

प्रहरीका अनुसार उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौं पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएको हो ।

Advertisement

दुवै जनाविरुद्ध बुधबार इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए।