January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

सुन तस्करी प्रकरण: पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

1.7K

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरण आरोपमा पक्राउ परेका २५ जनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

सुन तस्करीमा प्रकरणमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।

Advertisement