April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

1.1K

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।

महरालाई सरकारी वकिलको कार्यालयको रोहबरमा छाड्न लागिएको तर उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।

महरा सोमबार कपिलवस्तुबाट पक्राउ परेका थिए । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्वास्थ्य अवस्था कमजोर भएको भन्दै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement