भक्तपुर । लाफा रुङ्ग फाउन्डेशनले बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । सोमबार फाउन्डेसनले काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा राहत वितरण गरेको हो ।
४५ बोरा चामल ४५ प्याकेट नुन ४५ प्याकेट तेल ४५ किलो दाल र केही लुगाफाटाहरू वितरण गरिएको संयोजक कल्याण राना मगरले जानकारी दिए ।
राहत वितरणमा अध्यक्ष चन्द्रज्योति आले मगर, महासचिव रक्षा रैका मगर, कोषाध्यक्ष बिनिता आले मगर, सदस्य, मिना राना, नरमाया थापा, अन्जना पुन, प्रतिमा आले, गरिमा आलेसहितको उपस्थिति थियो ।




