पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसाय गर्ने ३ जना पक्राउ
काठमाडौं-नेपाल प्रहरीले पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसायमा गर्ने ३ जना पक्राउ गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको जिम्मा लगाएको छ। पक्राउ पर्नेमा कास्कीकाे पोखरा महानगरपालिका-५, मालेपाटनमा गण्डकी हर्वल स्टोर्स सञ्चालन गरी बस्ने पर्वत जलजला गाँउपालिकाका होमनाथ जैसी, सोही स्थानमा बस्ने बर्ष २४ का सरोज शर्मा र काठमाडौ महानगरपालिका ४ टोखा बस्ने प्रदिप रिजाल छन्। ओरियन्स लगायतका नेटवर्कमा...