March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने

620

काठमाडौं । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ।

आयोजकले एक पत्रकार सम्मेलन गरी कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।

सम्मेलनका सहसंयोजक डा देवलप्रसाद भट्टराईका अनुसार सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने छ।  उनका अनुसार सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् । चीनबाट मात्रै १६ जना वैज्ञानिकहरु सहभागी हुने उनले जानकारी दिए ।

Advertisement

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने जनाइएको छ।