के हो थाइराइड परीक्षण, कसले गराउने ?
शरीरमा थाइराइडको समस्या भए नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलव थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन...