काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कोरोना कालमै पनि नेकपाको केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र कमिसनमा मस्त रहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता खतिवडाले संकटमा पनि सरकारले भ्रष्टाचार बाहेक जनताको लागि केहि पनि नगरेको बताए । उनले कोरोनाको महामारीबाट नागरिकलाई मुक्ति दिलाउन लाग्नुभन्दा पनि सरकार भ्रष्टाचार र कमिसनमा रमाएको बताए ।
‘बिरामीहरु अब बाटोमा मर्न लागे, कुनै अस्पतालमा बेड पाइन्न,’ खतिवडाले अगाडी भने, ‘यो अवस्था आउने आंकलन किन भएन ?’ कोरोना संक्रमित भएका नागरिकहरु अस्पतालमा उपचार नपाइ सडकमा पुगेको चिन्ताजनक अवस्था आएपछि पनि सरकारको ध्यानाकर्षण हुनुपर्नेमा सरकार कानमा तेल हालेर बसेको बताए। सरकार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस कन्फ्रेन्समा आउने कर्मचारीमार्फत विरामीको डाटा दिन मात्रै देखिने गरेपनि सरकारका जिम्मेवारहरु हराएका उनले बताए।
नेपालमा कोरोनाकालको यो सात महिना नेकपालाई आफ्ना नेता कार्यकर्ताको कुर्सी मिलाउन र कमिसन खान नै बितेको जनाउँदै खतिवडाले सरकारप्रति निराशा प्रकट गर्दै भने, ‘हरे हाम्रो दुई तिहाई ?’