भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला
एजेन्सी – कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस) को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ। तर, यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन्। ...