April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

३८ प्रतिशत अमेरिकीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

4.6K

काठमाडौं– अमेरिकाका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या  भने ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।

अमेरिकामा २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन्।

अमेरिकाको कुल जनसंख्या भन्दा बढी खोप आपूर्ति भइसकेको सरकारी अधिकारीले बताएका छन्। अमेरिकाले हालसम्म ३५ करोड ४९ लाख डोज खोप आपूर्ति गरिसकेको छ।

Advertisement

खोपलाई तिव्रता दिएसँगै  कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ। 

हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन्।