January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

नेपाल आइपुग्यो स्पेनले पठाएको स्वास्थ्य सामग्री

2.7K

काठमाडौं– स्पेनले नेपाल सरकारलाई  सहयोग स्वरुप दिएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेपा स्पेनको चार्टर्ड जहाजमार्फत् स्वास्थ्य सामग्री लिएर नेपाल आएकी हुन्।

mostbet

स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल पठाएको हो। ५ टन विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको बताइएको छ।

Advertisement

यसमा १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सनट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट रहेका छन्। सो सामग्री १ मिलियन युरो बराबरको रहेको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामग्री बुझेका छन्।