November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चक्रवातका कारण ३३ को मृत्यु, ९० भन्दा बढी बेपत्ता

2.8K

काठमाडौं– अरब सागरमा उत्पन्न भएको चक्रवात ‘ताउ–ते’का कारण भारतमा हालसम्म  कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

भारतका गुजरात, केरला, गोवा, महाराष्ट्रलगायत राज्यमा प्रभाव पारेको ताउ तेले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेको भारतीय समाचारहरुमा उल्लेख छ।

मुम्बईको समुद्री किनारनजिक पी ३०५ जहाज डुब्दा हराएकाहरुको खोजी जारी रहेको भारतीय जलसेनाले जनाएको छ।

Advertisement

चक्रवातको असर सबैभन्दा बढी गुजरातमा परेको छ। बुधबारदेदि भने चक्रवात कमजोर हुँदै जाने भारतीय मौसम विभागले जनाएको छ।