March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

पाँच उडानमार्फत नेपालमा रोकिएका ८ सय २४ भारतीय पुगे साउदी अरब

2.3K

काठमाडौं– नेपाललाई ट्रान्जिट बनाई साउदी अरब जान नेपाल आएका भारतीय कोरोनासँगै रोकिएका थिए। नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरब जान दिन भारतीय दूतावासको आग्रहमा जेठ ४ गते ५ वटा उडान भएको थियो।

पाँच वटा उडान मार्फत ८ सय २४ जना भारतीय नागरिक साउदी अबर पुगको छन्। भारतीय नगारिक साउदी अरब लैजान नेपाल एयरलाइन्सले मंगलबार २ वटा र हिमालय एयरलाइन्सले ३ वटा उडान गरेका थिए।

हिमालय एयरलाइन्सले ३ वटै उडान दमाममा गरेको थियो भने नेपाल एयरलाइन्सले एउटा दमाम र एउटा रियाद गरेको थियो।

Advertisement

जसमा नेपाल एयरलाइन्सको एउटा उडानबाट १ सय ५० जना दमाम र १ सय ४३ जना रियाद गएका हुन्। यसैगरी हिमालय एयरलाइन्सको ३ वटा उडानमार्फत ५ सय ३१ जना भारतीय नागरिक साउदी अरब पुगेका छन्।