January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

2.4K

काठमाडौं– इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। दुई देशबीचको सहमतिअनुसार शुक्रबार बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीमा उल्लेख छ। 

इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन्। युद्धविरमापछि हुने  थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधि पठाउने  समाचारमा उल्लेख छ । 

mostbet

यसअघि विभिन्न अन्तर्राष्ट्रिय निकासले पनि दुई देशलाई यद्धविराम गर्न आग्रह गरेका थिए। प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन।

Advertisement

दुई देशबीच ११ दिनसम्म चलेको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुसी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको प्रतिक्रिया व्यक्त गरेको समाचारहरुमा उल्लेख छ।