November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

3.3K

एजेन्सी – कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस) को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ।

तर, यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन्‌। 

त्यागीले भने, ‘बिरामीलाई पहेँलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त बिरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बिरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन्।’

Advertisement

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वभाविक कमी आउनु रहेको पाइएको छ। 

‘यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ। ‘नेक्रोसिस’को कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ,’ नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताए।

‘पहेँलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा शुरू हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ। किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निधानमा धेरै कठिनाई देखिएको छ। धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्सन हो।

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्य सफा राख्नु र ब्याक्टेरिया र फङ्गसको वृद्धिलाई रोक्न मद्दत गर्नको लागि सकेसम्म चाँडो पुरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ।

घरको आर्द्रता पनि ढुसी सङ्क्रमणबाट बच्न महत्वपूर्ण छ त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ। धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई वृद्धि गर्नसक्छ। कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ। 

कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो र उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकापट्टी फुल्न थाल्यो।

जसले गर्दा बिरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट रगत बग्नुका साथै पिसाबमा रक्तश्राव पनि शुरू भएको थियो। त्यसपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेँलो ढुसी सङ्क्रमण पुष्टि भएको छ।