कोरोना संक्रमण मुक्त भएकाले प्लाज्मा दान गर्न मेयर शाक्यको आग्रह
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट मुक्त भएका संक्रमितलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन्। गम्भीर अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ। संक्रमणबाट मुक्त भएकाहरूले प्लाज्मा दान गरी गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने विश्वास समेत गरिएको छ। केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले गम्भीर अवस्थाका संक्रमितको ज्यान बनाउन आफू प्लाज्मा दान...