March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

5.9K

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेका छन् ।

शनिबार काठमाडौँ उपत्यकामा १७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका थिए

Advertisement

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ५४ हजार १ सय ५१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।