मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीः कुन दलबाट को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । मन्त्रालयहरुको भागवण्डा मिलाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।...