मोरङका मतदाताको गुनासो : जितेर गएका नेताले गाउँ फर्केर कहिल्यै हेरेनन्
मोरङ । रङ्गेली झपरतलका सुरज ताजपुरिया भोट माग्दै गाउँ पुग्ने नेताहरुप्रति धेरै आशावादी छैनन् । ‘नेताहरुले काम नै गर्दैनन् । भोट जितेर गएपछि फर्किएर हेर्दैनन् । भोट दिने त हामी गरिबले हो नि तर हाम्रो समस्या कहिले बुझ्दैनन,’ उनी भन्छन्,‘गाउँको अवस्था तपाइँले देख्नुभयो नि । बाटो हेर्नेहोस न के हालत छ । यस्तो दुलाम्मे बाटोका...