February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

समानुपातिक मत परिणाम : माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी

२०७९ मंसिर १२

2.4K

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ ।प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ३४ हजार ३२३ मतका साथ पहिलो स्थानमा रहेको छ । सोमबार बिहान ११ बजे सम्ममा एमाले नेपली कांग्रेस १ लाख ४४ हजार ४९२ मतले अगाडि रहेको छ ।

कांग्रेसले २३ लाख ९९ हजार ८३१ मतका साथ समानुपातिकतर्फ दोस्रो स्थानमा छ। त्यस्तै हालै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मतका साथ तेस्रो स्थानमा छ । नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार ७४७ मत पाएर चौंथो स्थानमा छ।

पाँचौमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६ , छैठौंमा जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत पाएका छन् । सीके राउतको जनमत पार्टी माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी भन्दा अगाडि रहेको छ ।

Advertisement

राउतको पार्टी सातौँ स्थानमा छ भने माधव नेपालको पार्टी आठौँ स्थानमा छ । जनमत पार्टी २ लाख ६२ हजार ८२६ मत पाएको छ । एसले २ लाख ५२ हजार २७ मत पाएको छ ।

रेशमलाल चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२ मत प्राप्त गरेर नवौँ स्थानमा रहेको छ । १ लाख २७ हजार ९१८ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दशौ स्थानमा रहेको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ ।